nepalipolitics is an ultimate PLATFORM where YOU can have your say on political issues.
अब्यवहारिक मागमा जिद्धि गर्नुहुदैन

कुनै ब्यक्ति र समूहलाई लाग्यो भन्दैमा माग
राख्नु र जिद्धि गरेर चुनावै हुन दिन्न भन्नु धृष्टता मात्रै होइन,
बेइमानी पनि हो । कि त उनीहरुले आफ्नो मागबारे जनमत संग्रह गर्ने प्रस्ताव
राख्नसक्नुपर्छ । नभए, मिथिलाञ्चल, भोजपुरी, अवधी, थारुहट क्षेत्रले किन
मान्ने उनीहरुको कुरा ?
रामचन्द्र झा (Himalkhabar.com)
तराईमा अहिले देखिएको
समस्याको मूल कारण बिश्वासको संकट हो भन्ने मेरा ठम्याइ छ । किनभने,
उपेन्द्र यादवको मधेशी जनअधिकार फोरम र सरकारबीचको सम्झौतालाई सरकारले
पालना गरिदिएन । त्यो सम्झौता पालना गर्न नसकिने प्रकारको थिएन । त्यही
कारण सरकारको वार्ता आह्वानलाई अहिले उनीहरुले पत्याइरहेका छैनन् ।
प्रधानमन्त्रीसँग एकथरि वार्तामा बस्दा पनि अर्काथरिले पुरानो सम्झौताको
पालनाकै कुरा उठाउनु पनि सरकारको अबिश्वसनीय ब्यवहारकै कारण हो ।
तर, अहिले आन्दोलन गरिरहेको मोर्चाले अघि सारेका ६ मागमा दुई प्रमुख
माग अब्यवहारिक र आपत्तिजनक छन् भन्ने मेरा ठम्याइ छ । सम्पूर्ण तराईलाई
एक मधेश एक प्रदेश बनाउने कुरा मान्न सकिने कुरै होइन । प्रदेश बनाउने
भन्ने कुरा बिशेषज्ञहरुले बनाएका आधारका आधारमा हुने कुरा हो । भाषिक,
सास्कृतिक, ऐतिहासिक, विकाशका पुर्वाधार जस्ता अनेक आधारमा प्रदेश
तोक्नुपर्छ । मेचीदेखि महाकालीसम्म ८०० किलोमिटर लामो क्षेत्रलाई एकै
प्रदेश बनाउनुपर्छ भनेर जिद्धि गर्नु कुनै हिसाबले जायज हुदैन ।
कुनै ब्यक्ति र समूहलाई लाग्यो भन्दैमा माग राख्नु र जिद्धि गरेर
चुनावै हुन दिन्न भन्नु धृष्टता मात्रै होइन, बेइमानी पनि हो । कि त
उनीहरुले आफ्नो मागबारे जनमत संग्रह गर्ने प्रस्ताव राख्नसक्नुपर्छ ।
नभए, मिथिलाञ्चल, भोजपुरी, अवधी, थारुहट क्षेत्रले किन मान्ने उनीहरुको
कुरा ? वास्तवमा हामी अहिले संस्थापन पक्ष भएर मात्रै हो, नभए त्यो
मान्यताको बिपक्ष र हाम्रो मान्यताको पक्षमा हामी पनि बन्द गराउन सक्छौं ।
सरकारले उनीहरुको एक प्रदेशको माग पूरा गर्यो भने बिभिन्न क्षेत्रमा
अहिले कल्पनै नगरिएको बिद्रोह सुरु हुनेछ ।
उनीहरुको अर्को माग पनि नाजायज छ । उनीहरुले ५० प्रतिशत उमेद्वारी दिने
दलले समावेशीकरणको सिद्धान्त अपनाउनुपर्ने नपर्ने ब्यवस्था माग गरेका छन्
। जुन उनीहरुकै लागि पनि पछि राजनीतिकरुपमा हानिकारक हुनेछ ।
राज्यलाईचाहिँ समावेशीकरणको सिद्धान्तमा चल्नुपर्छ भन्नेले आफूचाहिँ त्यो
सिद्धान्त मान्नुपर्दैन ? तराईकै आदिवाशी, जनजाति, महिला, दलितलाई
उमेद्वार बनाउनुपर्दैन ? बिस्तारै तराईका आदिवाशी, जनजाति, महिला र दलितले
उनीहरुको भनाइको आशय बुझ्नेछन् र अभिजात्य वर्गको बर्चश्व राख्ने उनीहरुको
नियत भण्डाफोर हुनेछ ।
उनीहरुको माग जति नै नाजायज भए पनि सरकारले वार्ताको गर्नैपर्छ र
लोकतन्त्रको सिद्धान्त नै हो, वार्ताबाट सबै समस्याको समाधान । सरकारले
बिस्वास पैदा गराउनुपर्छ । र, सबै तराईवाशीले पनि सोच्नुपर्छ, चैत २८ मा
पनि संविधानसभा चुनाव हुनसकेन भने लोकतन्त्र धरापमा पर्नेछ र त्यसमा
तराईवाशी कलंकित हुनुपर्नेछ । अहिलेका आन्दोलनकारी पनि लोकतान्त्रिक शक्ति
नै भएकाले उनीहरुले पनि यो सोच्छन् नै होला ।
जनकपुर निवासी झा एमाले केन्द्रीय सदस्य हुन् ।
- rabin's blog
- Login or register to post comments

Recent comments
4 days 3 hours ago
4 weeks 2 days ago
6 weeks 1 hour ago
7 weeks 1 day ago
7 weeks 2 days ago
7 weeks 2 days ago
7 weeks 5 days ago
8 weeks 1 day ago
8 weeks 1 day ago
8 weeks 1 day ago