nepalipolitics is an ultimate PLATFORM where YOU can have your say on political issues.
लोकतन्त्र, संविधान सभा र निर्वाचनसम्बन्धी सान्दर्भिक शब्दहरुको अर्थ

राज्य (State)
राज्य एउटा निश्चित भूभाग भएको एउटा
इकाइ हो । यसभित्र निश्चित जनसंख्या हुन्छ । राज्य संचालन गर्न एउटा संगठन
वा सरकार हुन्छ । सरकारले राज्यभित्र सबै अधिकार प्रयोग गर्न सक्छ । राज्य
सार्वभौमसत्ता सम्पन्न हुन्छ । राज्यको सार्वभौमसत्ता र सरकारले
अन्तर्राष्ट्रिय मान्यता पाएको हुन्छ ।
राज्यका तीन अंग
राज्य संचालन गर्ने मुख्य तीन अंग हुन्छन् : व्यवस्थापिका कार्यपालिका र न्यायपालिका ।
व्यवस्थापिका (Legislative)
यो कानुन बनाउने शक्ति भएको संस्था हो । यसलाई संसद व्यवस्थापिका विधायिका
प्रतिनिधिसभा आदि विभिन्न नामले चिनिन्छ । नेपालको अन्तरिम संविधान २०६३
अनुसार अहिले नेपालमा कानुन बनाउने अधिकार व्यवस्थापिका-संसदमा छ ।
कार्यपालिका (Executive)
व्यवस्थापिकाले बनाउको कानुन र नीतिहरुलाई कार्यान्वयन गर्ने काम
कार्यपालिकाले गर्छ । कार्यपालिका अन्तर्गत मन्त्रिपरिषद सेना प्रहरी
हुन्छन् । नेपालको अन्तरिम संविधान २०६३ अनुसार नेपालको कार्यकारी अधिकार
मन्त्रिपरिषदमा निहित छ । कार्यकारी प्रमुख प्रधानमन्त्री हुन् । हाल
राष्ट्रप्रमुखको जिम्मेवारी पनि प्रधानमन्त्रीलाई नै दिइएको छ ।
न्यायपालिका (Judiciary)
न्यायपालिकाले कानुनको व्यख्या गर्छ र कानुनको पालना भए नभएको फैसला गर्छ
। कानुको उल्लंघन गर्नेलाई दण्ड जरिवाना गर्छ । नेपालमा न्ययिक अधिकार
अदालत र त्यस मातहतका निकायहरुमा रहेने व्यवस्था छ ।
सरकार (Government)
राज्यको कार्यकारी शक्ति प्रयोग गर्ने अधिकार कार्यपालिका अर्थात्
सरकारसँग हुन्छ । सामान्यतया सरकार भन्नाले मन्त्रिपरिषद सेना प्रहरी
कर्मचारीतन्त्र पर्छन् । तर व्यापक अर्थमा सरकार भन्नाले राज्यको
सार्वभौमिक शक्ति प्रयोग गर्ने राज्यका तीन वटै अंगहरु व्यवस्थापिका
कार्यपालिका र न्यायपालिका सबै पर्छन् । राज्यका तर्फबाट गर्नुपर्ने सबै
काम सरकारले गर्छ ।
संविधान (Constitution)
राज्यको सार्वभौमसत्ता कसमा निहीत छ र त्यसको प्रयोग कसले कसरी गर्छ भन्ने
नियमहरु नै संविधान हो । संविधान सरकारका लागि मार्गदर्शक हो । संविधान
राज्यको मूल कानुन हो । सबै कानुनको स्रोत संविधान हो । संविधानसँग बाझिने
कानुन बनाउन पाइँदैन । बने पनि स्वतः खारेज हुन्छ । संविधानले राज्यका तीन
अंगहरुबीच शक्तिको बाँडफाँट र समन्वय गर्छ । यसले जनताका सबै प्रकारका
अधिकारहरुलाई परिभाषित र संरक्षण गर्छ । साथै यसले संविधान अन्तर्गतका सबै
अंगहरुमा काम गर्ने पदाधिकारीहरुको जिम्मेवारी र अधिकार तोक्छ । सारमा
राज्यको राजनीतिक प्रणाली राज्यका अंगहरुको गठन र राज्यशक्तिको प्रयोगबारे
उल्लेख गरिएको लिखत नै संविधान हो ।
लोकतन्त्र (Democracy)
लोक भनेको जनता र तन्त्र भनेको शासन अर्थात् लोकतन्त्र भनेको जनताको शासन
हो । लोकतन्त्रमा जनतानै सार्वभौम अधिकार सम्पन्न हुन्छ । लोकतन्त्रमा
जनताले जनताका लागि जनताको सरकार बनाउँछ । लोकतान्त्रिक व्यवस्थामा जनताका
विविध अधिकारहरु हुन्छन् । जस्तै : राजनीतिक सहभागिताको अधिकार; नागरिक
तथा मानवअधिकार; स्वतन्त्र र समानताको अधिकार आदि ।
लोकतन्त्र र संविधानको सर्वोच्चता
लोकतन्त्रमा जनताका सबै अधिकारको ग्यारेन्टी संविधानले गरेको हुन्छ । यसैले लोकतन्त्रमा व्यक्ति वा पद होइन संविधान सर्वोच्च हुन्छ ।
संविधानको निर्माण
संविधानको निर्माण विभिन्न तरिकाले हुन्छ । तर जनताले नै संविधान निर्माण
गर्नु सबैभन्दा लोकतान्त्रिक तरिका हो । यसमा जनताको व्यापक सहभागिता
हुन्छ । यसैले नेपालमा जनताले चुनेको संविधानसभाबाट संविधान निर्माण गर्ने
विधि अपनाइएको छ ।
संविधानसभा (Constituent Assembly)
संविधानसभा देशको राष्ट्रियस्तरमा गठन गरिने निकाय हो । संविधानसभामा
जनताले चुनेका प्रतिनिधिहरु हुन्छन् । यसमा संविधान र कानुनका ज्ञाता
विशेषज्ञहरु पनि मनोनित हुनसक्छन् । जनयुद्ध र जनआन्दोलनको समाप्तिपछि
जनताले पाएको अधिकार र जनादेशलाई संस्थागत गर्न; विद्यमान संवैधानिक
गतिरोध समाप्त गर्न; राज्यको पुनःसंचरना गर्न; नयाँ राजनीतिक पद्धति
स्थापना गर्न; बहुमतमाथि अल्पमतको शासन समाप्त गरी लोकतान्त्रिक पद्धति
स्थापना गर्न नेपालमा अहिले संविधानसभाको अवश्यकता परेको हो ।
नेपालमा हुन लागेको संविधानसभाको स्रोत जनआन्दोलन राजनीतिक शक्तिहरुबीचको राजनीतिक सहमति र अन्तरिम संविधान हो ।
नयाँ संविधानले समेट्ने प्रमुख मान्यताहरु
समावेशी लोकतन्त्र
राज्यको पुनःसंरचना
अल्पसंख्यकको अधिकार
बहुलबाद र प्रतिस्पर्धात्मक राजनीतिक
सिद्धान्तको संरक्षण
शासनका सबै तहमा नागरिहरुको सहभागिताको
संरक्षण
विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रेस
स्वतन्त्रता तथा सूचनाको अधिकार
सर्वस्वीकृत मानवअधिकारको संरक्षण
दण्डहीनताको अन्त्य
कानुनको सर्वोच्चता र न्यायिक
स्वतन्त्रता
लोकतान्त्रिक तथा जनउत्तरदायी सरकार
निष्पक्ष तथा स्वतन्त्र निर्वाचन
धार्मिक तथा वैयक्तिक स्वतन्त्रता
सवैप्रकारका भेदभावको अन्त्य
गम्भीर महत्वपूर्ण राष्ट्रिय तथा
संवैधानिक महत्वका विषयमा जनमत संग्रह गर्न पाउने अधिकारको संरक्षण आदि ।
संविधानसभाको पहिलो काम
संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रकको घोषणा कार्यान्वयन गर्नेछ ।
संविधानसभाको गठन
आगामी संविधानसभामा कुल ६०१ जना सदस्य हुनेछन् । तीमध्ये बहुमतीय प्रणाली
अर्थात् सविकका चुनावमाझैँ व्यक्ति उम्मेदवार उठेर पहिलो हुने निर्वाचित
हुने प्रणालीबाट २४० जना सदस्य चुनिने छन् भने समानुपातिक निर्वाचन
प्रणाली अर्थात् राजनीतिक दललाई प्राप्त हुने मतको प्रतिशतको आधारमा सदस्य
मनोनित गर्ने प्रणालीअनुसार ३३५ जना सदस्य चुनिनेछन् । त्यसबाहेक
मन्त्रिपरिषदबाट २६जना मनोनित हुने व्यवस्था छ ।
बहमतीय प्रणालीको आधारमा तराईका जिल्लाबाट ११६ जना पहाडका जिल्लाबाट १०२
जना र हिमाली जिल्लाबाट २२ जना गरी कुल २४० जना चुनिनेछन् । जनसंख्याको
हिसाबले करिब ९६ हजार जनसंख्या बराबर एक सिट हुनेछ ।
संविधानसभाको निर्वाचन प्रणाली
संविधानसभाको आगामी निर्वाचनमा दुई प्रकारको निर्वाचन प्रणाली अपनाइन भएको
छ । उम्मेदवारहरुले दुइटा मतपत्रमा मतदान गर्नेछन् । ती दुई प्रणाली
यसप्रकार छन्
१ वढीमत वहुमत प्रणाली अन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणाली :
यस प्रणालीमा मतदातालाई उमेदवारहरुको नामावली प्रस्तुत गरिन्छ । मतदाताले
त्यसमध्ये कुनै एक उमेदवारलाई मात्र मतदान गर्दछन् । यसप्रणाली अन्तर्गत
सबभन्दा बढी मत पाउने व्यक्ति विजयी हुन्छ । नेपालमा प्रतिनिधि सभा गाउँ
विकास समिति र नगरपालिकाको निर्वाचन प्रणालीलाई लिन सकिन्छ ।
२ समानुपातिक प्रतिनिधित्व प्रणाली अन्तर्गत बन्द सूची प्रणालीः
समानुपातिक निर्वाचन प्रणालीलाई पूर्ण प्रतिनिधित्वको निर्वाचन प्रणालीको रुपमा लिइन्छ । यो प्रणाली समानुपातिक रुपमा प्रतिनिधित्व गराउँछ । यसमा खसेको मतको प्रतिशत उम्मेदवारको प्रतिशत र सिट
संख्याको प्रतिशतबाट दलहरुले आफनो सिट संंख्या प्राप्त गर्ने गर्दछन् । यो
मूलतः दुई प्रकारको हुन्छ । खुल्ला सूची प्रणाली र बन्द सूची प्रणाली ।
आगामी निर्वाचनमा बन्दसूची प्रणाली अपनाइँदैछ । यो प्रणालीमा दलहरुले
उम्मेदवारहरको बन्दसूची तयार गरी निर्वाचन आयोगलाई बुझाउँछ ।
मतदाताहरुले दलको त्यही सूचीलाई मत दिन्छन् । सोझै उम्मेदावरलाई मत
दिँदैनन् । प्रत्येक दलहरुले आफूलाई प्राप्त मत र मतको आधारमा प्राप्त
सीटमा समानुपातिक तवरले बाँडफाँड गर्दछन् । दलले प्राप्त गरेको सीटको
आधारमा निर्वाचन आयोगमा दर्ता गरेको सूचीको प्राथमिकतामा परेको
उम्मेदावरहरुलाई विजयी घोषित गरिन्छ ।
संविधानसभामा जनताको भूमिका
* योग्य सक्षम र देशको भलो चिताउने संविधानसभा सदस्य चुन्ने
* संविधानले समेट्नुपर्ने विषयमा छलफल चलाउने र सकेसम्म धेरै जनालाई जानकारी दिने
* चुनावको लागि उपयुक्त वातावारण तयार पार्ने
* चुनावमा लागेका राजनीतिक दल र उम्मेदवारहरुको विश्लेषण गर्ने
* विजयी उम्मेदवारले ठिकसँग काम गरेको छ कि छैन निगरानी गर्ने
* संविधान निर्माणको प्रकि्रयामा निरन्तर चासो लिने ।
- rabin's blog
- Login or register to post comments

Recent comments
4 days 3 hours ago
4 weeks 2 days ago
6 weeks 1 hour ago
7 weeks 1 day ago
7 weeks 2 days ago
7 weeks 2 days ago
7 weeks 5 days ago
8 weeks 1 day ago
8 weeks 1 day ago
8 weeks 1 day ago